
काठमाडौं, साउन ७ । आइतबार दोहोरो अंकले झरेको पुँजीबजार सोमबार दोहोरो अंकले नै सच्चिएको छ ।
यसदिन सेयरबजार परिसूचक नेप्से करिब १३ अंकले बढेर ११ सय ९४ विन्दुमा पुग्यो ।
कारोबार भएका सबै समूहमा सुधार आएसँगै नेप्से दोहोरो अंकले सच्चिएको हो । निर्जीवन बिमा समूह सबैभन्दा उच्च १ सय ३३ अंकले बढ्यो ।
यस्तै, जीवनबीमा समूह ५४ अंकले, लघुवित्त समूह ३५ अंकले उक्लियो भने वाणिज्य बैंक समूहमा पनि ९ अंकको सुधार भयो ।
यसदिन कारोबार रकम भने खुम्चियो । १५८ कम्पनीका ६ लाख ७३ हजार कित्ता सेयर १९ करोड १६ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्