२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेपाली भर्सनको ‘अर्जुन रेड्डी’का लागि नायक–नायिकाकाे अडिसन हुँदै, तपाईंकाे उमेर पुग्याे कि !


0
Shares

काठमाडौं । सुपरहिट दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि नायक–नायिको खोजी अडिसन बाट गरिने भएको छ । निर्माण तथा वितरणको अुनमति लिएको युवा फिल्म्सले चलचित्रका लागि कलाकारको अडिसन गर्ने तयारी गरेको छ ।

विशाल सापकोटाको निर्देशनमा बन्न लागेको चलचित्रको १ वर्ष अघि नै निर्माण घोषणा भए पनि कोरोनाका कारण पछि सरेको हो । निर्माण कम्पनीका अनुसार केही दिनमै अडिसन हुनेछ ।

दक्षिण भारतीय स्टार विजय देवगरकोन्डा अभिनित ‘अर्जुन रेड्डी’लाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए । चलचित्रले बक्स अफिसमा ५ करोड १० लाखको कमाइ गरेको गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

गतवर्ष प्रदर्शनमा आएको ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक ‘कबिर सिंह’ले ३ अर्ब ७९ लाखभन्दा बढीको कमाइ गरेको थियो । फिल्ममा बलिउड अभिनेता शाहिद कपूर र कियार एडवानीको मुल्य भूमिका रहेको छ ।

केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्ने चलचित्रको अडिसनका लागि नायकका लागि २५ देखि ३० र नायिकाका लागि २० देखि २२ वर्षका व्यक्तिले सम्पर्क गर्न आह्वान गरेको छ । यस्तै फिल्मले सर्पोटिङ कलाकारका लागि पनि अडिसन लिने भएको छ ।