गोरखामा सुतिरहेको अवस्थामा एकै परिवारका तीनको मृत्यु • Image Khabar Image Khabar


गोरखामा सुतिरहेको अवस्थामा एकै परिवारका तीनको मृत्यु


Imagekhabar
१० फाल्गुन २०७७, सोमबार १२:०७

गोरखामा सुतिरहेको अवस्थामा एकै परिवारका तीनको मृत्यु

काठमाडौं । गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन् ।

बारपाक गाउँपालिका लिवाचे टोलका अन्जादी ८५ वर्षका तीलबहादुर गुरुङ, उहाँकी बुहारी अन्दाजी २० वर्षीया आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।

बिहान अबेरसम्म घरको ढोका नखोलेपछि गएर हेर्दा उनीहरुलाई मृतअवस्थामा फेला पारेको स्थानीयले बताएका छन् ।

घटनाबारे अनुसन्धान गर्न बारपाक प्रहरी चौकीको टोली अहिले घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बारपाकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्