२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


वाग्मती नदीलाई प्रदूषणमुक्त गरी संरक्षण गर्नुपर्नेमा जोड


0
Shares

काठमाडौं, साउन ७ । पवित्र वाग्मती नदीलाई प्रदूषणमुक्त गरी संरक्षण गर्नुपर्नेमा बानेश्वरका वासिन्दाले जोड दिएका छन् ।

वाणेश्वर महादेव मन्दिरमा सोमबार भएको धार्मिक कार्यक्रममा उनीहरुले वाग्मती नदी नेपाल मन्डलको सभ्यतासँग जोडिएकाले वाग्मती नदीको संरक्षणलेमात्र सभ्यता, कला र संस्कृति जोगिने बताए ।

नेपाल मन्डल प्राचीन पवित्र देवभूमि नेपालकै पहिचान भएको र यहाँका नदीनालाहरुको अस्तित्व जोगाउन सबै एक हुनुपर्नेमा उनीहरुले जोड दिए ।

मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले मानवको मन पनि प्रदूषण र नकारात्मकबाट मुक्त हुनसकेमात्र समग्र विकास हुनसक्ने बताए ।

रत्नराज्य माध्यमिक विद्यालयले अतिक्रमण गरेको वाणेश्वर महादेव मन्दिर परिसरमा सोमबारदेखि नियमित सन्ध्या आरती सुरु गरिएको हो ।