४ असार २०८२, बुधबार | Wed Jun 18 2025


सुनको मूल्यमा वृद्धि


0
Shares

काठमाडौं, फागुन ९ । गत साता लगातार घट्न थालेको सुनको मूल्य तीन दिनपछि पुनः बढेको छ ।

शुक्रबारको भन्दा सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।

आइतबारका लागि कारोबार मूल्य प्रतितोला ८९ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार तोलामा एक हजार रुपैयाँले घट्दा प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य सामान्य बढेको छ ।

२५ रुपैयाँ बढेर कारोबार मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ भएको महासंघले जनाएको छ ।

गत शुक्रबार ३० रुपैयाँले घट्दा चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७८४ र चाँदी प्रतिऔंस २७ डलरमा कारोबार भइरहेको छ ।