मैत्रीपूर्ण खेलमा उरुग्वे अमेरिकासँग बराबरीमा रोकियो • Image Khabar Image Khabar


मैत्रीपूर्ण खेलमा उरुग्वे अमेरिकासँग बराबरीमा रोकियो


Imagekhabar
२५ भाद्र २०७६, बुधबार १०:१३

मैत्रीपूर्ण खेलमा उरुग्वे अमेरिकासँग बराबरीमा रोकियो

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा उरुग्वे अमेरिकासँग बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको खेलमा उरुग्वे र अमेरिकाले १–१ गोलको बराबरी खेलेको हो । 

अमेरिकामा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा उरुग्वेले बराबरी खेलेको हो ।

खेलको ५० औं मिनेटमा ब्रेन रोड्रिगेजले गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ७९ औं मिनेटमा जोर्डन मोरिसले गोल गर्दै अमेरिकालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि थप गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

अर्को मैत्रीपूर्ण खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेलेक छन् । इक्वेडरले भने बोलिभियालाई ३–० ले हराएको छ ।

प्रतिक्रिया दिनुहोस्