
काठमाडौं, भदौ २४ । नेपाल राष्ट्र बैंकले वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको तस्वीरअंकित सिक्का जारी गरेको छ ।
जोशीको जन्मशताब्दीको अवसर पारेर राष्ट्र बैंक, टक्सार विभागले जोशीको तस्वीरअंकित १००, एक हजार र दुई हजार ५०० रुपैयाँका सिक्का निस्कासन गरेको हो ।
सिक्काको मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले अनावरण गरे ।
मन्त्री खतिवडाले जिउँदो इतिहासलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।
राष्ट्र बैंकले २५ सयका २५ हजारथान, एक हजारका २५ हजारथान र १०० का १० हजारथान सिक्का निस्कासन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्