२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


थप ९६ संक्रमित, ३ जनाको मृत्यु


0
Shares

काठमाडौं, फागुन ६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५४१ जनाको पिसिआर परीक्षण गर्दा ९६ जनामा कोरोना संकमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार १६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार ५८ जना पुगेको छ ।

गत २४ घण्टामा १११ कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६९ हजार ५०५ पुगेको छ ।