Logo ३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026


साउनमै महाधिवेशन सक्ने कार्यतालिका ल्याउन दवाव दिने पौडेल समूहकाे तयारी


0
Shares

रोमन आचार्य
काठमाडौं । नेपाली कांग्रेसक वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रस्तावित महाधिवेशन हेरफेर गर्न माग गरेको छ । बिहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा समूहले केन्द्रीय अधिवेशन साउन २३ भित्र सक्नेगरी तालिका संशोधन गर्न दबाव दिने भएको छ ।

समूहले असारको पहिलो हप्ताभित्र वडा देखि जिल्ला तहसम्मको अधिवेशन सक्न बैठकमा विषय उठाउने भएको छ । पौडेल निकट एक नेताले भने– ‘साउनमा कदमकदाचित महाधिवेशन गर्न नसकिए भदौमा गर्ने बाध्यतात्मक परिस्थिति सिर्जना गराउन पनि साउन २३ को कार्यतालिका ल्याउनु पर्छ ।’

पौडेल समूहले कृयाशिल सदस्यताको विवरण केन्द्रमा नपठाउने जिल्लाहरूलाई नपर्खने र महाधिवेशनमा भाग लिन नपाउने बाध्यात्मक अवस्था सिर्जना गर्ने नीति अपनाउन नेतृत्वलाई बैठकमा दबाब दिने तयारी गरेको छ । ‘अब बाध्यात्मक स्थिति सिर्जना नभए महाधिवेशन हुँदैन’, ती नेताले भन्नुभयो ।

विधानसम्वत् पाँच वर्षे कार्यकाल पूरा गरेको कांग्रेसले बुधबारको केन्द्रीय कार्यसमितिको बैठकमा संविधानको धारा २६९ को उपधारा (४) (ख) बमोजिम आगामी महाधिवेशनबाट पारित गर्ने गरी विधान संशोधन गरी छ महिना कार्यकाल थप गर्ने प्रस्ताव गरेको हो ।

प्रस्ताव अनुसार ७ असारभित्र क्रियाशील सदस्यताको छानविन टुंग्याउने र अन्तिम नामावली प्रकाशन गर्ने, २० असारमा गाउँनगर वडाको अधिवेशन गर्ने, २२ गते पालिकास्तरीय समितिको अधिवेशन गर्ने, २५ असारमा प्रदेशसभा क्षेत्रीय समितिको र २७ असारमा प्रतिनिधिसभा क्षेत्रीय समिति तथा एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन ३० असारमा गर्ने प्रस्ताव गरेका छन् ।

सात प्रदेश समितिको अधिवेशन साउन ६ गतेका लागि प्रस्ताव गरिएको छ । यस्तै भदौको ७, ८, ९ र १० गते काठमाडौंमा १४औं महाधिवेशन गर्ने प्रस्ताव बैठकमा छलफलका लागि प्रस्तुत भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

बुधबारबाट सुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार ३ बजेका बस्दैछ ।