
फाइल तस्बिर
काठमाडौं । आज प्रदेश १ र २ का केही पहाडी स्थानसहित देशभरको मौसम सामान्य बदली हुने र अपरान्हपछि हलका वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंमा पनि अपरान्हपछि सामान्य वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ५ दशमलव ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २२ देखि २४ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।
आज बिहान सूर्योदय ६ बजेर ३९ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५७ मिनेटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्