 
	    काठमाडौं । फिफा विश्वकप फुटबलका लागि एसियाली समूहको छनौट खेलमा आज नेपालले चाइनिज ताइपेइसँग खेल्दै छ ।
खेलमा ताइपेइको मुन्सिपालिटी स्टेडियममा अपरान्ह ४ बजेर ५५ मिनेट जाँदा सुरु हुनेछ ।
यो खेलमा कुनैपनि हालतमा अंक जोड्ने लक्ष्इका साथ नेपाल मैदानमा उत्रिनेछ ।
विश्वकप छनौटको पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार व्यहोरेको नेपाल आज फरक रणनीतिका साथ मैदानमा उत्रने प्रशिक्षक योहान कालिनले बताएका छन् ।
ताईपेइमा हिजो आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक कालिनले यो खेलबाट अंक जोड्दै विश्वकप छनौटमा पूनरागमन गर्ने नेपालको लक्ष्य रहेको बताए ।
नेपालले हालै भएको मैत्रीपूर्ण खेलमा चाईनिज ताइपेईसँग १–१ गोलको बराबरी खेलेको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्