महानगरको ३० लाख सहयोगमा क्षेत्रपाटीकाे चिकित्सालयमा लिफ्ट • Image Khabar Image Khabar


महानगरको ३० लाख सहयोगमा क्षेत्रपाटीकाे चिकित्सालयमा लिफ्ट


Imagekhabar
५ फाल्गुन २०७७, बुधबार १८:४६

महानगरको ३० लाख सहयोगमा क्षेत्रपाटीकाे चिकित्सालयमा लिफ्ट

काठमाडौँ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडान गरिएको छ ।

चिकित्सालयको ६४ औँ वार्षिकोत्सवमा महानगरका मेयर विद्यासुन्दर शाक्यले लिफ्टको उद्घाटन गर्नुभएको हो । ४५ लाखको लागतमा निर्माणाधिन लिफ्ट निर्माणमा महानगरले ३० लाख रुपैयाँ सहयोग गरेको थियो ।

उद्घाटनपछि सम्वोधन गर्दै प्रमुख शाक्यले महानगर क्षेत्र भित्रका नागरिकलाई भरपर्दो सेवा दिन यस्ता अस्पतालको बढी महत्व हुने बताउनुभयो । महानगरपालिका निजी क्षेत्रसँग साझेदारी गरेर काम गर्न तयार रहेको उहाँकाे भनाइ छ ।

चिकित्सालयको नयाँ भवन निर्माणका लागि महानगरले चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

३ सय विरामीलाई दैनिक ओपिडीमार्फत स्वास्थ्य सेवा दिइरहेको २५ शय्याको अस्पतालमा लिफ्ट जडानसँगै थप सहज हुने चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्