१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


सुनको मूल्य पुनः उकालो


0
Shares

काठमाडौं, भदौ २३ । पछिल्ला दुई दिन ओरालो लागेको सुनको भाउ सोमबार पुनः उकालो लाग्यो ।

अन्तर्राष्यिट्रय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले वृद्धि भएर तोलाको ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य आइतबार तोलामा ५०० रुपैयाँले कमी आएर तोलाको ७१ हजार ५०० मा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले ओरालो लागेर तोलाको ८८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १५ सय १७ डलर हाराहारीमा कारोबार भएको थियो ।