निजी कम्पनीद्वारा काठमाडौंमा विद्युतीय बस सन्चालन • Image Khabar Image Khabar


निजी कम्पनीद्वारा काठमाडौंमा विद्युतीय बस सन्चालन


Imagekhabar
२३ भाद्र २०७६, सोमबार १७:५४

निजी कम्पनीद्वारा काठमाडौंमा विद्युतीय बस सन्चालन

काठमाडौं, भदौ २३ । एउटा निजी कम्पनीले राजधानीमा विद्युतीय बस सेवा सन्चालन सुरु गरेको छ ।

सुन्दर यातायात प्रालिले चारओटा विद्युतीय बसमार्फत् सेवा सुरु गरेको हो ।

सोमबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विद्युतीय बस सेवाको उद्घाटन गरे ।

यस यातायातले एक महिनाभित्र १८ ओटा विद्युतीय बस सन्चालनमा ल्याउने जनाएको छ ।

नेपालका व्यवसायीहरुको ११ करोड रुपैयाँ लगानी रहेको दाबी गरिएको यस कम्पनीमा चीनको बीएके कम्पनीको ७५ प्रतिशत लगानी रहेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

विद्युतीय यी बसहरुमा अहिले चलिरहेको भाडादरभन्दा २० प्रतिशत सस्तो हुने सन्चालकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्