
काठमाडौं । बलिउड अभिनेता राजकुमार राव, वरुण शर्मा र जान्ह्वी कपूर स्टारर फिल्म ‘रूही’को ट्रेलर मंगलबार सार्वजनिक गरिएको छ ।
फिल्ममा जान्ह्वी कपूरले चुडैलको छायाँको भूमिका निर्वाह गर्दैछिन् भने राजकुमार राव र वरुण शर्मा फिल्मको बीचबीचमा कमेडी गर्न आउनेछन् ।
२०१८ मा रिलिज भएको वास्तविक घटनामा आधारित फिल्म ‘स्त्री’ बक्स अफिसमा एकदमै हिट भएको थियो । फिल्मको कहानी ‘स्त्री’ जस्तै भएको बताइएको छ । फिल्मलाई ‘स्त्री’कै टीमले बनाएको हो । हेरौं ट्रेलर
प्रतिक्रिया दिनुहोस्