काठमाडौं, भदौ २२ । साताको शुरुको दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
कारोबार शुरु भएदेखि निरन्तरजसो ओरालो लागेको नेप्से साढे १२ अंकले ओरालो लागेर ११७८ मा आएर थामियो । कारोबार भएका सबै समूहमा गिरावट आयो ।
निर्जीवन बीमा समूह सबैभन्दा उच्च १०२ अंकले झ¥यो । जीवन बीमा समूह पनि ८५ अंकले ओर्लियो ।
विकास बैंक, जलविद्युत, उत्पादनमूलक र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले ओर्लिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीको ११ लाख ७३ हजार कित्ता शेयर जम्मा साढे ३० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्