२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


‘बीपीको डायरी’ विमोचन


0
Shares

काठमाडौं, भदौ २२ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी ब्यक्तित्व स्वर्गीय बीपी कोईरालाले अंगे्रजीमा लेखेको डायरीलाई नेपालीमा अनुवाद गरी ‘बीपीको डायरी’ नामक पुस्तक तयार पारिएको छ ।

उक्त पुस्तकको आज राजधानीमा लोकार्पण गरिएको छ । बीपी होइरालाले विसं. २००८ सालदेखि २०१३ सालसम्म डायरीमा लेखेका विषयहरु पुस्तकमा समेटिएका छन् ।

डायरीका अनुवादक महेश पौडेलले बीपीको डायरीमा नेपाली कांग्रेसलाई बलियो बनाउन बीपीले गरेका संघर्षहरु समेटिएको बताए । यस्तै डायरीमा पारिवारिक कुराहरु पनि रहेको उनले जानकारी दिए ।

कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोईरालाले नेपालको राजनीति निकै तल्लो स्तरमा झरेको भन्दै बीपीको आदर्शअनुरुप चलेको भए राजनीतिले यस्तो अवस्था झेल्नु नपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले अहिले राष्ट्रियता अत्यन्तै कमजोर बन्दै गईरहेको भन्दै प्रजातन्त्र, गणतन्त्र, संघीयताबारे संविधानमा लेखिए पनि सरकारले त्यसको पालना नगरेको आरोप लगाए ।