१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024


रोल्पामा तीनजना पहिरोमा पुरिए


0
Shares

रोल्पा, साउन ७ । आइतबार राति गएको पहिरोमा परी सुनिल स्मृति गाउँपालिका–८, अरेशमा तीनजना पुरिएका छन् ।

पहिरोमा पुरिनेमा सुनिल स्मृति गाउँपालिका–८, अरेशका १८ वर्षीया चमेली पुन, १८ वर्षकै होमे घर्ती र १२ वर्षीय ओवी घर्ती भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।

गोठमा रहेको एउटा गाईसमेत पुरिएको बताइएको छ ।

बेलुका खाना खाएर गोठमा सुत्न गएका उनीहरु बिहान अबेरसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा पहिरोमा पुरिएको अवस्थामा भेटिएको बताइएको छ ।

उद्धारका लागि इलाका प्रहरी कार्यालय सुलिचौरको टोली घटनास्थलतर्फ लागेको बताइएको छ ।

सूचना पाउनेबित्तिकै प्रहरी घटनास्थलतर्फ लागे पनि पैदलयात्रा गरी जानुपर्ने भएकाले केही ढिलाइ भएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताए । रासस