काठमाडौं । ग्रील तथा स्टिल व्यवसायमा संलग्न व्यवसायी र श्रमिकहरुका लागि आजबाट व्यवसायजन्य सुरक्षासम्बन्धी तालिम सुरु गरिएको छ ।
सीटीईभीटीले काठमाडौंलगायत देशभर यसप्रकारको तालिम दिएको हो ।
ग्रील तथा स्टिल व्यवसायमा संलग्न श्रमिकहरु दक्षताको अभावका कारण दुर्घटनामा पर्न थालेपछि सीटीईभीटीले श्रमिक र व्यवसायीहरुका लागि सचेतनामुलक तालिम आयोजना गरेको हो ।
तालिममा उपकरणको सहि उपयोग र सम्भावित दुर्घटनावाट कसरी जोगिने भन्नेबारे यस व्यवसायमा सलग्न मजदुरहरुलाई तालिम दिइने सीटीईभीटीका निर्देशक टेक वहादुर मल्लले बताए ।
उनले ग्रील व्यवसायलाई प्रतिष्पर्धी र रोजगारमुलक बनाउने लक्ष सीटीईभीटीको रहेको पनि बताए ।
तालिममा उपत्यकाका विभिन्न ग्रील व्यवसायी र श्रमिकहरुको सहभागिता रहेको छ । गत वर्ष मात्रै ग्रील र स्टिलसम्बन्धी कामको सिलसिलामा ५३ जनाको कामदारको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्