काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले राजनीतिक स्थायित्व कायम भइसकेकाले ढुक्क भएर लगानी गर्ने वातावरण बनेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघको (नाफिज) १० औं वार्षिकोत्सव तथा वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले देशमा वित्तिय क्षेत्रको अवस्था समेत बलियो हुँदै गएको र विकासको बाटोमा अघि बढिसकेको दाबी गरे ।
अर्थतन्त्रबारे भ्रम फैलाउनेहरु समेत सक्रिय भएको मन्त्री खतिवडाको भनाइ छ ।
अर्थमन्त्री खतिवडाले देशले ७ दशमलब १ प्रतिशतले आर्थिक वृद्धि भईरहेको तथा बिमाको पँहुच समेत २५ प्रतिशत पुगिसकेकोले वास्तविकताबारे जानकारी लिन उनले आग्रह गरे ।
मुलुकको आर्थिक विकासको बाटोमा लागेसँगै सबै स्थानीय तहमा बैंकहरुको शाखा पुगिसकेको तथा औद्योगिक क्षेत्रको विकासले तिव्रता लिएको उनको भनाइ छ ।
यस्तै व्यवसायमा भएको करको द्विविधा अन्त्यका लागि समेत मन्त्रालयले काम गरिरहेको उनले स्पष्ट पारे ।
ईन्भेष्टर्स फोरमका उपाध्यक्ष अनुज तुलाधरले पूंजी बजारमा मनोवैज्ञानिक असर परेकोले लगानीकर्तालाई लगानी गर्ने विश्वास गर्ने वातावरण तयार गर्न गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्