Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


प्रचण्डमा अझै युद्धको धङधङी सकिएको छैन– मन्त्री रायामाझी


0
Shares

काठमाडौं । उर्जामन्त्री टोपबहादुर रायामाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’मा अझै आन्दोलन र युद्धको धङधङी नसकिएको बताउनुभयो ।

बुटवलमा भएको ओली पक्षीय सभामा सम्बोधन गर्दै उहाँले मांसाहारी आन्दोलनको घोषणा गरेका साथीहरुमा आन्दोलन र युद्धको धङधङी रहेको बताउनुभयो । ‘मांसाहारी आन्दोलन भन्नुहुन्छ उहाँहरु’, मन्त्री रामामाझीले भन्नुभयो, ‘के हो मांसाहारी आन्दोलन भनेको, मान्छे मार्ने आन्दोलन भन्नभाको होला, देख्नुभयो नि युद्धको धङधङी नगएको ।’

दाहाल–नेपाल पक्षलाई सडक छापको संज्ञा दिँदै मन्त्री थापाले राजनीतिक क्रान्तिको एजेण्डा सकिएकाले देश विकास, समृद्धि र आर्थिक उत्थानको चरणमा प्रवेश गरेको बताउनुभयो । दाहाल–नेपाल समूहको चर्को आलोचना गरेका उहाँले उनीहरुसँग विचार र कार्यदिशा नभइ पदको मात्र लोभ रहेको आरोप लगाउनुभयो ।

मन्त्री रायामाझीले अध्यक्ष्य बन्न तयार भए महाधिवेशन र पधानमन्त्री बन्न मन भए निर्वाचनसम्म जानुपर्नेमा दाहाल–नेपाल पक्षले छाड्ने क्रममा घरमा आगो लगाएर गएको पनि टिप्पणी गर्नुभयो । उहाँले मन्त्रीहरु दाहाल–नेपाल पक्षमा जान लागेको बताउँदै भ्रम फैलाएको बताउनुभयो । साथै दाहाल–नेपाल पक्षमा भएका धेरैको लर्को सरकार पक्षमा आउन लागेको पनि खुलासा गर्नुभयो ।