२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


गौतमबुद्ध विमानस्थलबाट सेवा दिने विमान कम्पनीलाई सहुलियत दिने मन्त्रीको घोषणा


0
Shares

काठमाडौं, भदौ २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन्चालनमा आएपछि प्रवर्द्धनका लागि त्यहाँ विमान कम्पनीहरुलाई सहुलियत दिने बताएका छन् ।

सरकारले आउँदो जनवरीबाट सन्चालनमा ल्याउने तयारी गरिरहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा दिने विमान कम्पनीहरुलाई हवाई इन्धन, ‘ग्राउन्ड हेन्डलिङ’लगायत शुल्कमा छुट दिने उनको भनाइ छ ।

ओमानको वायुसेवा कम्पनी सलाम एअरले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।

उनले भ्रमण वर्षको तयारी तीव्ररुपमा भइरहेको भन्दै २० लाख पर्यटक भित्र्याउन गाह्रो नभएको बताए ।

काठमाडौं–ओमान दैनिक उडान

सलाम एआरले आउँदो सातादेखि काठमाडौं–ओमान दैनिक उडान गर्ने घोषणा गरेको छ ।

हाल सातामा तीनओटा उडान गर्दै आएको कम्पनीले दैनिक उडान गर्न लागेको नेपालमा यस कम्पनीको उडान व्यवस्थापन गर्दै आएको आइएमई इन्टरनेसनल ट्राभल्सले जनाएको छ ।

कम्पनीले नेपालमा उडान सुरु गरेको एक वर्षको अवधिमा करिब ५० हजार यात्री बोकिसकेको जनाएको छ ।

आउँदो वर्ष यात्री संख्या दोब्बर बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।