२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


‘डेड सुक्रविर’ सार्वजनिक


0
Shares

काठमाडौं, भदौ २० । नयाँ उपन्यास ‘डेड सुक्रविर’ सार्वजनिक भएको छ ।

प्रा. राजेन्द्र सुवेदीले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच ‘डेड सुक्रविर’को लोकार्पण गरेका हुन् ।

उपप्राध्यापक एवं साहित्यकार टीएन भट्ट ‘विश्वामित्र’ले उक्त कृति लेखेका हुन् ।

कृतिमा समाज परिवर्तनका लागि उपयुक्त व्यक्तिको आवश्यकता खड्किएको, युद्धको उपलब्धि समाज परिवर्तन हुनुपर्नेमा सो हुन नसकेको जस्ता कुराहरु पनि चातुर्यपूर्णरुपमा अभिव्यक्त गर्न लेखक सफल भएको प्रा. सुवेदीले बताए ।

नेपाली साहित्यमा लेखनशैलीका आधारमा ‘डेड सुक्रविर’ नयाँ आयाम भएको समीक्षक उत्तम पौडेलले बताए ।

सक्षम पुत्र जन्माउन नसक्ने भएमा कुनै नयाँ जन्म गराउनु बेकार भएको भन्ने मनसायले प्रेमी ग्रसित भएको र प्रेमिका आफू जसरी पनि सन्तान जन्माउन इच्छुक रहेको परिवेशमा उक्त मनोवैज्ञानिक उपन्यासको जन्म भएको डा. येज्ञश्वर निरौलाले बताए ।

भट्टको यो दोस्रो कृति हो ।