हेटौंडा, भदौ २० । मकवानपुरको भीमफेदीमा यात्रीवाहक जीप दुर्घटना हुँदा एक शिशु र दुई वृद्धसहित तीनजनाको मृत्यु भएको छ ।
मुत्यु हुनेमा रामेछापकी १० महिने शिशु साम्राज्ञी माझी, महोत्तरीका ७० वर्षीय वीरबहादुर वाइवा र सर्लाहीका ६० वर्षीय महेन्द्र सहनी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।
शुक्रबार भीमफेदीको जुरिखेतमा ना१ज ३६४० नम्बरको जीप दुर्घटना हुँदा १० महिने शिशु माझीको घटनास्थलमै र अन्य दुईको उपचारकाक्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्लाहीबाट काठमाडौं जाँदै गरेको सर्लाही सुमो सेवाकोे जीप भीमफेदीको चिहानडाँडाबाट तल झर्दा दुर्घटना भएको जनाइएको छ ।
घाइतेहरुको भीमफेदी अस्पताल, हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
घाइतेमध्ये एक बालक रहेका छन् ।
काठमाडौं–हेटौंडा छोटो मार्गअन्र्तगत् जुरिखेतको चिहानडाँडाबाट टाटासुमो कम्पनीको जीप १०० मिटर तल झरेको हो ।
घाइते हुनेमा सर्लाही जिल्लाका जगरनाथ सहनी, राजकुमार दास, सुकदेव वाइवा, अनिता डिम्डुम, योगबहादुर डिम्डुम र सिन्धुलीका दलबहादुर डिम्डुम रहेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्