काठमाडौं, भदौ २० । लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्द्धमा भने केही ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ ।
महासंघका अनुसार आज सुन तोलाको एक हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ४० रुपैयाँले घटेको छ ।
स्थानीय बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार रुपैयाँ कायम गरिएको छ । बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो ।
बिहीबार पनि छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको थियो ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ७०० रुपैयाँ तोकिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ७३ हजार १०० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै चाँदीको मूल्य रु ९०० कायम गरिएको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला रु ९४० मा खरीदबिक्री भएको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस्