२० आश्विन २०८१, आइतबार | Mon Oct 7 2024


‘एडीबीको सहयोगमा सन्चालित परियोजनामा केही सुधार’


0
Shares

काठमाडौं, भदौ १९ । एसियाली विकास बैंक (एडीबी)ले गएको वर्षको तुलनामा यो वर्ष एडीबीको सहयोगमा सन्चालित परियोजनामा केही सुधार आएको जनाएको छ ।

यद्यपि, धेरै आयोजना कार्यान्वयनमा ढिलाइ भइरहेको पनि बैंकले जनाएको छ ।

भूकम्पपछिको पुनःनिर्माणमा सुधार भएपनि अन्य विकास आयोजनमा भने ढिलाइ भइरहेको एडीबीले जनाएको छ ।

बैंकको सहयोगमा सन्चालित सडक, शिक्षा, सहरी पूर्वाधार एवं ऊर्जा क्षेत्रका आयोजना कार्यान्वयनमा ढिलाइ भएको बैंकले जनाएको छ ।

सन् २०१९ को दोस्रो त्रिपक्षीय समीक्षा बैठकमा एडीबीका देशिय निर्देशक मुख्तर खामुदानोभले नेपालको ‘पोर्टफोलियो’मा सुधार भएपनि चुनौती रहेको बताए ।

नेपालमा आयोजना कार्यान्वयन बलियो बनाउन अझै सुधारका काम गर्न बाँकी रहेको उनको भनाइ थियो ।

एडीबीका पोर्टफोलियो म्यानेजमेन्ट युनिट प्रमुख रुदि भान डेलले खानेपानी आपूर्ति सुधार, काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन, सहरी विकास कार्यक्रम समयमै सम्पन्न नभएको बताए ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले प्रत्येक समीक्षामा उस्तै किसिमका समस्याबारे छलफल भएपनि निराकरण नभएको बताए ।

एडीबीले नेपालमा करिब तीन खर्ब रुपैयाँ लगानी पुगेको जनाएको छ । यो रकममध्ये भुक्तानी भने आधा पनि भएको छैन ।