
काठमाडौं । गत बिहीबार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटना छानविनका लागि प्रदेश प्रहरीले छानविन टोली गठन गरेको छ ।
उक्त टोलीले जुम्ला पुगी घटनाबारे सत्यतथ्य बाहिर ल्याउन छानविन थालिसकेको छ ।
छानविन टोलीमा डीआईजी सुरेन्द्र बिक्रम शाह, एसपी केदार रजौरे र डिएसपी चुडामणि बुढाथोकी रहेका छन् ।
जुम्लामा गत बिहीबार अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा प्रहरी र केसी समर्थकबीच झडप भएको थियो भने झडपकै क्रममा प्रहरी जवान कमल आचार्य गम्भीर घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्