ब्राण्डका आधारमा चन्दा • Image Khabar Image Khabar


ब्राण्डका आधारमा चन्दा


Imagekhabar
२५ माघ २०७७, आईतवार १३:२५

ब्राण्डका आधारमा चन्दा

बारा । राजनैतीक दलका भातृ संगठनहरुले पथलैया–विरगंज औद्योगिक करिडोरमा चन्दाको दर तोकेरै लिन थाले पछि उद्योगी सस्यामा परेका छन् ।

उद्योगको बिक्रि, नाम चलेका उद्योग, ब्राण्डका आधारमा चन्दा माग्न थालेपछि करिडोर क्षेत्रका व्यवसायी समस्यामा परेका हुन् ।

मन्त्रीदेखि जनप्रतिनिधीहरुले नै मागेको रकम दिनुपर्छ भन्दै दबाव दिन थालेको उद्योगीले गुनासो गरेका छन् ।

नेकपाको दुई समुह, नेपाली कांग्रेस, समाजवादी दललगायत उनीहरुका भातृ संगठनले कार्यक्रम गर्न भन्दै तोकीएकै रकम दिन दबाब दिएको उद्योगीले गुनासो गरेका छन् ।

बारा र पर्सा दुबै जिल्लामा हुने साना ठुला सबै राजनैतिक गतिवीधिको प्रमुख आर्थिक श्रोत करिडोरका उद्योगहरुलाई बनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्