सैन्य कू को विरोधमा अहिलेसम्मकै ठूलो र्‍यालीपछि इन्टरनेट बन्द « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


सैन्य कू को विरोधमा अहिलेसम्मकै ठूलो र्‍यालीपछि इन्टरनेट बन्द


0
Shares

काठमाडौं । म्यान्मारमा सैन्य कू विरोधमा अहिलेसम्मकै ठूलो र्‍याली भएपछि इन्टरनेट सेवा बन्द गरिएको छ ।

र्‍यालीका लागि मानिसहरू जम्मा हुन नदिन इन्स्टाग्राम र ट्विटरमा रोक लगाइएको केही घण्टापछि इन्टरनेट सेवा बन्द गरिएको हो ।

गत फेब्रुअरी १ मा भएको कूसँगै इन्टरनेट सेवामा आंशिक रोक लगाएको थियो । यसअघि नै फेसबुकमा प्रतिबन्ध लगाइकेको छ ।

र्‍याली भइरहँदा नगरबसहरूले हर्न बजाएर समर्थन जनाएका थिए । प्रदर्शनकारीहरूले प्रहरीहरूलाई गुलाफको फूल र पिउने पानी दिएर नयाँ शासकलाई नभई जनतालाई समर्थन गर्न आग्रह गरेका थिए ।

देशको मुख्य सहर यांगुनमा आयोजित र्‍यालीमा सहभागिहरुले सैन्य शासकको विपक्ष र प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।

श्रमिक र विद्यार्थीसहित प्रदर्शनकारीहरूले सेनाद्वारा बन्दी बनाइएका नेत्री आङ सान सू ची र अन्य नेताको रिहाइको माग गरेका छन् ।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा सूचीको नेशनल लिग फर डेमोक्रेसी पार्टीले धांधली गरेर जितेको आरोप लगाउंदै सेनाले सूचीको सरकारलाई हटाएर सत्ता हत्याएको थियो ।

एजेन्सी