भागरथीको बलात्कारपछि हत्या भएको घटनामा दाहाल–नेपाल(नेकपा)द्वारा भर्त्सना • Image Khabar Image Khabar


भागरथीको बलात्कारपछि हत्या भएको घटनामा दाहाल–नेपाल(नेकपा)द्वारा भर्त्सना


Imagekhabar
२४ माघ २०७७, शनिबार १५:४०

Bhagrathi bhatta death after rape

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको दाहाल–नेपाल समूहको नेकपाले भर्त्सना गरेको छ ।

शनिबार शोक वक्तव्य जारी गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले घटनाबाट आफू स्तब्ध र मर्माहत भएको जानकारी दिनुभएको छ ।

डेढ वर्षअघि निर्मला पन्तको हत्याको प्रसङ्ग कोट्याउँदै उहाँहरूले राज्यसंयन्त्र नागरिकलाई शान्तिसुरक्षा दिन असफल भएको बताउनुभयो ।

उहाँहरूले सरकारसमक्ष निर्मला पन्तको घटनामा जस्तै गैरजिम्मेवार नबन्न र सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कडा कारबाही गर्न माग गर्नुभएको छ ।

भागरथीको बलात्कारपछि हत्या भएको घटनामा दाहाल–नेपाल(नेकपा)द्वारा भर्त्सना

प्रतिक्रिया दिनुहोस्