काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निकट भविष्यमा नेपालको आफ्नै ध्वजावाहक जहाज समुन्द्रमा ल्याउने तयारी भइरहेको बताएका छन् ।
चौथो हिन्द महासागर सम्मेलन (आईओसी) मा भाग लिन माल्दिभ्स पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको हिमाललाई हिन्द महासागरसँग जोड्न सडक, रेलमार्ग तथा जलमार्गको विकास गर्दै लैजाने लक्ष्यतर्फ देश अघि बढेको उनले बताए ।
नेपालको अन्तराष्ट्रिय व्यापार हिन्द महासागरबाटै हुने हुँदा त्यस क्षेत्रमा हुन सक्ने चुनौतीप्रति नेपाल पनि संवेदनशील रहेको मन्त्री ज्ञवालीको भनाई थियो ।
२ दिनसम्म चल्ने उक्त सम्मेलनमा सहभागीबीच हिन्द महासागर क्षेत्रको सुरक्षामा रहेका पारम्परिक र गैर पारम्परिक चुनौतीका विषयमा छलफल हुने छ । मन्त्री ज्ञवाली बिहिबार स्वदेश फर्कने छन् ।
प्रतिक्रिया दिनुहोस्