Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


दाहालको प्रष्टीकरण–एमसिसीका पक्षमा लागेको होइन


0
Shares

prachand clearification

काठमाडौं, माघ २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफू अमेरिकी सहयोग परियोजना एमसिसीबारे अन्तिम निर्णयमा पुगिनसकेको प्रष्ट्याउनुभएको छ ।

शुक्रबार बिहान काठमाडौंमा गरिएको एक कार्यक्रममा दाहालले विहीबार आमहड्तालका क्रममा आफूले एमसिसीविरोधी नारा नलगाउन मात्र भनेको प्रष्टीकरण दिनुभएको हो ।

दाहालले भन्नुभयो, ‘अहिले हामी गुण्डागर्दी शैलीमा भएको नियुक्तिको विरोधमा हो, यो बेला पचासथरी नारा नलगाउनुस् भनेको हो । बीचमा फ्याट्ट एमसिसी आयो । यो कसरी बीचमा घुस्यो भन्ने हो । यसको मतलब म एमसिसीको पक्षमा अथवा पुनर्विचार गरेको भन्ने होइन । मैले अमेरिकी राजदूतलाई पनि हामी पुनरावलोकनको पक्षमा छौं भनेको छु ।’

विहीबार ललितपुरको पुल्चोकमा आमहड्तालमा सहभागी हुन पुग्दा कार्यकर्ताहरुले एमसिसीविरुद्ध नाराबाजी गर्न थालेपछि दाहालले उक्त नारा रोक्न लगाउँदै कार्यक्रमबाटै बाहिरिनु भएको थियो ।

Skip This