Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन पौडेलको माग


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन माग गर्नुभएको छ ।

गृह जिल्ला तनहुँमा रहनुभएका वरिष्ठ नेता पौडेलले देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेको सन्दर्भमा पार्टीको स्पष्ट धारणा तय गर्न तत्काल केन्द्रीय समितिको बैठक बोलाउन पार्टी सभापति शेरबहादुर देउवासँग माग गर्नुभएको हो ।

वरिष्ठ नेता पौडेल केही दिनयता तनहुँको विभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी भइरहनुभएको छ ।