
काठमाडौं । बृहत नागरिक आन्दोलनले आज बिहान राष्ट्रपति कार्यालय अगाडि मार्चपास गरेको छ ।
लैनचौरस्थित पद्मरत्न तुलाधर निवास परिसरबाट शितल निवाससम्म नागरिक अगुवाले मार्चपास गरेका हुन् ।
मार्चपासमा सहभागीहरुले ‘सत्ता कब्जा मुर्दावाद, राष्ट्रपति ज्यू संविधान कहाँ छ ?, सर्वसत्तावाद मुर्दावाद’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
उनीहरुले असंवैधानिक नियुक्तीहरु खारेज गर्न पनि माग गरेका छन् । संवैधानिक निकायमा असंवैधानिक नियुक्ति भएको भन्दै मार्च पास गरिएको बृहत नागरिक आन्दोलनका अगुवाहरुले बताएका छन् ।
संसदीय सुनुवाई बिना बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायहरुमा नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली समूहले आज दिउँसो नारायणहिटी संग्रहालय अगाडि शक्ति प्रदर्शन गर्दैछ ।
तस्वीर : गुगल
प्रतिक्रिया दिनुहोस्