काठमाडौं । फोटो पत्रकारितासंगै म्युजिक भिडियो निर्माणमा सक्रिय नबिनबाबु गुरुङको निर्देशन तथा छायाँकनमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक सन्तोष लामाको स्वर संगीतमा रहेको डीबी मोक्तानको ‘फेरी फेरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा गायक लामाको उत्कृष्ट अभिनय समेत देख्न सकिन्छ ।
गायकलाई गीत गाउन लागाएर लिप्सीङ्गमात्र भन्दा एउटा कथामा अभिनयनै गराउँ अनि गीतको मर्म पनि उठाउँ भन्ने हेतुले गायक लामालाई आफुले अभिनय गराएको नबिनले बताए ।
गायक लामासंगै यस भिडियोमा रेखा लिम्बु र गौरव मोक्तानको अभिनय पनि उत्कृष्ट देखिन्छ । भिडियो गायक सन्तोषलामाको अधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।




प्रतिक्रिया दिनुहोस्