अब अनलाइनबाटै हँसाउन पाइने, यी चर्चित कलाकारहरु छन् निर्णायक • Image Khabar Image Khabar


अब अनलाइनबाटै हँसाउन पाइने, यी चर्चित कलाकारहरु छन् निर्णायक


Imagekhabar
२२ माघ २०७७, बिहीबार ०९:३२

अब अनलाइनबाटै हँसाउन पाइने, यी चर्चित कलाकारहरु छन् निर्णायक

काठमाडौं । ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१’ मा सहभागी भएर हँसाउन चाहानुहुन्छ ? तपाईका लागि खुशीको खबर छ ।

विश्वभर छरिएर रहेका प्रतिभावान कलाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१’ को आयोजना गरिएको छ । नेपाली साहित्य, संगीत र कलामा क्रियासिल संगीतकर्मीहरुले आयोजना गरेका हुन्। कार्यक्रममा सहभागी हुन् प्रतियोगीहरुले रमाइलो जोक्स कम्पिटिशन नामक वेवसाइटमा गएर निःशुल्क फारम भर्न सक्छन् ।

अथवा रिदम स्क्रिनको आधिकारिक फेसबुक पेज वा ईन्स्टग्राम मार्फत पनि सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ । कार्यक्रममा पहिलो हुने विजेताले तीन हजार डलर, दोस्रो हुनेले दुई हजार डलर र तेस्रो हुनेले एक हजार डलर नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छन्।

जसको निर्णायक चर्चित हाँस्य कलाकार बुद्धि तामाङ, हाँस्य कलाकार दिलिप गुरुङ र भानु तिवारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्