Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


सामाजिक सञ्जालमार्फत बाहिरिने विज्ञापन रोक्न मिडिया अलायन्सको माग


0
Shares

काठमाडौं, माघ २१ । सञ्चार उद्यमीहरुकोे संगठन मिडिया अलायन्स नेपालले स्वदेशी मिडिया उद्योग प्रवद्र्धन गर्न नीजि क्षेत्रसँग आग्रह गरेका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा मिडिया अलायन्सले कोरोना (कोभिड १९)का कारण मिडिया उद्योगहरु सर्भाईभ हुन समेत कठिनाई भएकोले स्वदेशी उद्योग प्रवद्र्धन र संरक्षणका लागि नीजि क्षेत्रको सहयोग आवाश्यक रहेको बताएको हो ।

कार्यक्रममा मिडिया अलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले १ खर्ब भन्दा बढि लगानी रहेको संचार क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न नीजि क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुुभयो ।

पछिल्लो समयमा अबौं रकमको विज्ञापन अनलाईन तथा सामाजीक सञ्जालमार्फत बाहिरिएको भन्दै सो खालको विज्ञापन रोक्दै स्वदेशी मिडिया उद्योगालाई संरक्षण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा मिडिया अलायन्सका महासचिव तथा ईमेज च्यानलका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण हुमागाँईले स्वदेशी उद्योग संरक्षणको लागि क्लिन फिड समेत आइसकेको स्पष्ट पार्दै स्वदेशी उद्योग संरक्षणका लागि नीजि क्षेत्रको सहयोगका आवश्यकता औंल्याउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडका कारण मिडिया क्षेत्र पनि प्रभावित भएको भन्दै यो अवस्थामा मिडियालाई संरक्षण गर्न तयार रहेको बताउनुभयो ।

महासंघले समस्या समाधानका लागि भिजन पेपर बनाउन लागेको उल्लेख गर्दै उहाँँले आगामी दिनमा मिडिया क्षेत्रका समस्या र समाधान समेत भिजन पेपरमा उल्लेख गरिने बताउनुभयो ।

महासंघ र अलायन्स बिच विज्ञापन प्रवद्र्धन र मिडियामा कोभिडले पारेको प्रभाव अध्ययनका लागि कार्यदल समेत बनाईने तयारी गरिएको छ ।