२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


थप १४२ संक्रमित, १ जनाको मृत्यु


0
Shares

काठमाडौं, माघ २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४२ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ३५ रहेका छ ।

पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको छ ।