Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


राष्ट्रिय महिला भलिबलको उपाधि नेपाल पुलिसले जित्यो


0
Shares

पोखरा । तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

पोखराको लामाचौरमा नवआदर्श सामुदायिक विकास समाजले आयोजना गरेको प्रतियोगिताको फाइनलमा चार पटकको च्याम्पियन न्यू डायमण्ड एकेडेमीलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

पुलिसले खेल २५-१६, २५-१४ र २५-२० ले जित्यो । उपाधिसँगै पुलिसले एक लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता न्यू डायमण्डले ६५ हजार पायो ।

खेलमा श्रीराम खेलकुद विकास समिति दाङलाई ३-० को सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश तेस्रो भएको छ ।

२५-१३, २५-१६ र २५-१८ ले जितेको गण्डकीले २५ हजार रुपैयाँ पाएको छ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।