२ असार २०८२, सोमबार | Mon Jun 16 2025


प्रेमी थिर कोइरालासँग विवाह गदै अन्जु पन्त


0
Shares

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तले दोस्रो विवाह गर्ने भएकीछिन् । पन्तले इलाम स्थायी घर भएका थिर कोइरालासँग बिवाह गर्ने भएकी हुन् ।

बिवाहबारे दुवैको परिवारमा कुराकानी भैरहेपनि मिति भने तय भएको छैन ।

गायककार मनोजसँग पहिलो विवाह गरेकी अन्जुको दाम्पत्य जीवन सफल भएको थिएन ।

दुबै केही समय देखि प्रेम सम्बन्धमा थिए । थिर र अञ्जु दुबैले क्रिश्चियन धर्ममा आस्था राख्छन् ।

थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको थियो ।यसपछि, भने उनीहरु नजिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् ।

एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध विच्छेद गरेर एकल जीवन बिताइरहेकी थिइन् ।

मनोजराजले सोही वर्ष विवाह गरेपनि अन्जु भने छोरीसँग बस्दै आएकी थिइन् ।

अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् ।

अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने विषयमा सोचिरहेको बताएकी थिइन् ।