२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024


शेयर बजारमा वियरिष ट्रेण्ड जारी, नेप्से ११ सय ७० मा आइपुग्यो


0
Shares

काठमाडौं । सोमबार पनि शेयर बजारमा वियरिष ट्रेण्ड कायमै रह्यो ।

कारोबार शुरु भएदेखि ओरालो लागेको नेप्से साढें १४ अंकले झरेर ११ सय ७० मा आएर थामियो । कारोबार भएका सबै समूह ओरालो लागे ।

जीवन बीमा समूह सबैभन्दा उच्च ९५ अंकले झर्यो । निर्जीबन बीमा समूह पनि ७१ अंकले ओर्लियो ।

उत्पादनमूलक, विकास बैंक र वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको गिरावट आयो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७१ कम्पनीको १३ लाख ८० हजार कित्ता शेयर ४० करोड ७५ लाखमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।