काठमाडौं । आज साउनको पहिलो सोमवार । यस दिन हिन्दू धर्मावलम्बी महिलाहरु भगवान महादेवको व्रत बसी पूजा आराधना गर्दैछन् ।
साउनमा रातो, हरियो पहिरनमा सजिएका महिलाहरु भगवान शिवजीको आराधना गर्ने गर्दछन् । यस दिन शिवजीका भक्तहरु बोलबम यात्रामा निस्कने पनि गर्दछन् ।
यस दिन काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा विहानैदेखि भक्तजनहरु पूजा अर्चनाका लागि पुगेका छन् ।
अझ आजै हरिशयनी एकादशी पनि परेकाले भगवान विष्णुका भक्तजनहरु विभिन्न नारायण मन्दिरहरुमा पूजा आराधनाका लागि पुगेका छन् ।
यसदिन मानव जीवनमा निकै महत्वपूर्ण मानिने बनस्पती तुलसीको बिरुवा घर घरमा रोप्ने प्रचलन पनि छ ।
आषाढ शुक्ल एकादशीका दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने भएकाले हरिशयनी एकादशी भन्ने गरिएको शास्त्रीय मान्यता रहेको छ ।
तुलसीलाई भगवान् विष्णुको स्वरुप मानिने भएकाले घर आँगन तथा मठमा रोपिने तुलसीलाई चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने गरिन्छ ।
हरिबोधनी एकादशीमा भगवान् विष्णु जाग्ने शास्त्रीय मान्यता छ ।
वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्