Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


तीजमा केकीको कामना– स्वतन्त्रताको पखेँटा ढुक्क भएर सधैं फर्फराउन सकौं


0
Shares

काठमाडौं, भदौ १६ । नेपाली हिन्दु महिला तीजको रमझममा व्यस्त छन् । शिवालयहरुमा पूजा–आराधना तथा नाचगानमा महिलाहरु रम्दै गर्दा नायिका केकी अधिकारीले तीज स्वतन्त्रता र शक्तिको प्रतीक पर्व रहेको बताएकी छन् ।

‘तीज एउटा स्वतन्त्रता अनि शक्तिको प्रतीक हो, आज आफ्नो मनको सुनेर घरको परिधी नाघेर खुलेर हाँस्छौँ, नाच्छौँ,’ सोमबार ट्वीटरमा उनले लेखेकी छन्, ‘यो शक्तिलाई सधैं कायम राखेर समाजको कुरिति अनि कुसंस्कारविरुद्ध बोल्न अनि लड्न सक्ने साहस हामीलाई सधैं मिलोस्, स्वतन्त्रताको पखेंटा आजजस्तै गरि ढुक्क भएर सधै फर्फराउन सकौँ ।’