१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


६ महिना पुग्दा पनि खर्च हुन सकेन लुम्बिनी प्रदेशको बजेट


0
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७७ / ०७८ को ६ महिना हुन लाग्दा पनि बजेट खर्च निराशाजनक रहेको छ ।

अघिल्ला वर्षको तुलनामा प्रदेशमा जनशक्ति र बजेट खर्च गर्ने संयन्त्रको व्यवस्थापन हुँदै गएपनि बजेटको खर्च दर भने खासै बढ्न सकेको छैन । प्रदेशको कुल बजेट ३६ अर्ब ३५ करोड २६ लाख रुपैयाँ हो ।

पुसमसान्तसम्म ८ अर्ब २८ करोड रुपैयाँ बजेट खर्च भएको छ । जुन खर्चदर २२ दशमलव ८ प्रतिशत हुन आउँछ ।

लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷०७८ को ६ महिनामा प्रदेशमा पुँजीगत बजेटको खर्चदर जम्मा १८ प्रतिशत छ ।

चालु वर्षका लागि छुट्याइएको १८ अर्ब ६६ करोड ९१ लाख पुँजीगत बजेट मध्ये पुस मसान्तसम्म जम्मा ३ अर्ब ५४ करोड २१ लाख रुपैयाँ बजेट खर्च भएको छ ।

१५ अर्ब ११ करोड रुपैयाँ भन्दा बढी विकास बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले २ अर्ब ९९ करोड रुपैयाँ पँुजीगत बजेट खर्चेको छ ।

त्यस्तै प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जम्मा ३८ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ । मन्त्रालयको कुल बजेट ३ अर्ब ९२ करोड रुपैयाँ हो ।

सामाजिक विकास मन्त्रालयकोले ५ अर्ब ७० करोड रुपैयाँ बजेटमा १ अर्ब ११ करोड रुपैयाँ खर्च गरेको छ ।

पर्यटन, उद्योग वन वातावरण मन्त्रालयले २ अर्ब ९१ करोड बजेट मध्ये ७३ करोड २ लाख रुपैयाँ खर्च गरेको छ ।