१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


दाहाल–नेपाल समूहको बैठकमा प्रदर्शनको तयारी बारे छलफल हुने


0
Shares

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सोमबार बस्दैछ ।

बिहान ११ बजे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बोलाइएको बैठकमा जारी आन्दोलनको समीक्षा र काठमाडौंमा आयोजना हुने शक्ति प्रदर्शनको तयारीका बारेमा छलफल हुने पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाखमा निर्वाचनको घोषणा गरेपछि नेकपा सडक संघर्षमा छ । नेकपाले यही माघ २८ गते राजधानीमा विरोध प्रदर्शन सभा गर्दैछ ।