२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


बालपोषण भत्ताको लोभमा नागरिकता बनाउने बढे


0
Shares

कपिलवस्तु । कपिलवस्तुमा ५ वर्ष मुुनिका बालबालिकाहरुलाई बालपोषण भत्ता दिने सरकारको निर्णयले जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने भिड बढ्न थालेको छ ।

भिड बढेपछि सेवाग्राहिहरुको सेवालाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म सेवा प्रदान गर्ने भएको छ ।

पछिल्लो एक साता यता कपिलवस्तुमा नेपाली नागरिकताको प्रमाणपत्र लिनेको संख्या सामान्य भन्दा दोब्बरले बृद्धि भएपछि जिल्ला प्रशासन कार्यालयले सेवा समय बढाएको हो।

भत्ता बापत प्रति महिना बालपोषणका लागि ४ सय रुपैयाँ पाउने छन । तौलिहवासंगै ईलाका प्रशासन कार्यालय जितपुर र चन्द्रौटास्थित ईलाका प्रशासन कार्यालयमा पनि नागरिकता लिनेको संख्या दोब्बरले बढेको छ । तर यी स्थानमा भने विहान १० बजेपछि मात्र सेवा सुरु हुने छ ।