काठमाडौं, भदौ १५ । नेपाल राष्ट्र बैंकले एटीएम बुथबाट रकम चोरी भएको पछिल्लो घटनालाई लिएर सर्वसाधारण आत्तिनु नपर्ने प्रष्ट पारेको छ ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले ईमेज टेलिभिजनसँगको कुराकानीका क्रममा यस घटनामा सर्वसाधारणको निक्षेपमा कुनै तलमाथि भएको नपाइएको बताए । उनले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताए ।
कोर बैंकिङ सफ्टवेयरमा हमला नभएकाले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुलाई निश्चिन्त भएर कारोबार गर्न राष्ट्र बैंकका तर्फबाट उनले आग्रह गरे ।
यस घटनाले महत्वपूर्ण पाठ सिकाएको भन्दै उनले बैकिङ प्रणालीमा सुधार गर्नुपर्ने दिशा उजागर गरेको र त्यसका लागि केन्द्रीय बैंकले कदम चालिसकेको बताए ।









प्रतिक्रिया दिनुहोस्