१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेपाल ट्रस्टको जग्गामा यतीको चलखेल: ताहाचालमा नक्सापासमा रोक, दरबारमार्गको जग्गामा नयाँ भाडा तय


0
Shares

काठमाडौं । सम्झौताविपरित काम गर्ने कम्पनीमाथि नेपाल ट्रष्टको कार्यालयले कारवाही प्रक्रिया सुरु गरेको छ । दरबारमार्गमा सम्झौता भन्दा एक तला बढी बनाइएकोमा त्यसको थप भाडा तय गर्न लागिएको छ भने ताहाचालको जग्गामा नक्सा पास रोक्न महानगरपालिकालाई पत्राचार भएको छ ।

दुवै जग्गा यति समूहको थामसेर्कु ट्रेकिङ प्रालिले लिजमा लिएको छ । दरबारमार्गको जग्गामा भुइँतलाबाहेक तीन तलाको भवन बनाउने सम्झौता थियो । तर, यती समूहले चार तला बनाएको पाइएपछि एक तलाको छुट्टै भाडा तोक्न लागिएको हो ।

अनुगमनका क्रममा सम्झौताभन्दा धेरै निर्माण गरिएको पाइयो, नेपाल ट्रस्टको कार्यालयका प्रवक्तासमेत रहेका सहसचिव डा. भीष्मकुमार भुसालले भने, त्यसको भाडा तय गर्न स्वतन्त्र परामर्शदातामार्फत काम भइरहेको छ । जग्गा लिजमा दिँदा अदालतमा परेको मुद्दा विचारधीन नै छ ।

त्यस्तै ताहाचलस्थित सोल्टी होटलसँगैंको जग्गामा ६ तला भवन बनाउन सम्झौता भएको थियो । यहाँ पनि यति समूहले ११ तलाको नक्सा पास गर्ने प्रयास गरिरहेको थियो । त्यसको जानकारी पाएपछि ट्रस्टको कार्यालयले महानगरपालिकालाई पत्र लेखेर नकसा पास रोक्न भनेको छ । नयाँ पत्रिका