१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘सोसियल युथ लिडर अवार्ड २०२१’ हुँदै


0
Shares

काठमाडौं । युवाहरूको सामाजिक व्यक्तित्व तथा क्षमता विकास गर्ने उदेश्यले युथ ईभेन्ट प्राइभेट लिमिटेडले ‘सोसियल युथ लिडर अवार्ड २०२१’ आयोजना गर्ने भएको छ ।

काठमाडाैं उपत्यकामा रहेका विद्यार्थी तथा युवाहरूलाई लक्षित उनिहरूकोे क्षमता विकासका लागि यस कार्यक्रम गर्न लागिएको युथ ईभेन्टका संयोजक श्रवण कुमार घिमिरेले जानकारी दिनुभयो ।

संस्थाले अवार्डमा सहभागी हुनका लागि आइतबारबाट आवेदन खुलाउँदै छ । अवार्ड कार्यक्रममा सहभागी हुनका लागि २ सय ५० आवेदन शुल्क तथा ३ हजार तालिम शुल्क तोकिएको छ । अवार्ड कार्यक्रम चैतमा हुनेछ ।