Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


चार महिला स्रष्टालाई लिस्नर्स क्लबको सम्मान


0
Shares

काठमाडौं । लिस्नर्स क्लब नेपालले समाज रूपान्तरणमा विशेष योगदान दिने चार महिला स्रष्टालाई हरितालिका तीज पर्वको अवसर पारेर शनिबार सम्मान गरेको छ ।

क्लबले चर्चित गायिका देविका बन्दना, सञ्चारकर्मी आरती चटौत, सााहित्यकार सुभद्रा भट्टराई तथा समाजसेवी विमला मानन्धरलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । 

प्राज्ञ लक्ष्मी मालीको प्रमुख आतिथ्यमा सम्पन्न विशेष कार्यक्रममा अग्रज साहित्यकार युवराज नयाँघरे, क्लबका अध्यक्ष जनक चन्दलगायतले सम्मानित स्रष्टाहरूलाई बधाई दिँदै उनीहरूबाट समाजमा विद्यमान विभेद अन्त्य र सकारात्मक तथा सिर्जनात्मक सोच अभिवृद्धिका लागि निरन्तर योगदान मिल्ने अपेक्षा गरेका थिए ।

क्लबले चार वर्षयता समाजमा विशेष योगदान दिने महिलाहरूलाई विधागत रूपमा छनोट गरी सम्मान गर्दै आएको छ ।